भारतको गोवाबाट पुणेतर्फ उडिरहेको विमानको झ्याल उप्कियो

२०८२ असार १९, बिहीबार

काठमाडौँ : भारत गोवाबाट पुणेतर्फ उडिरहेका बेला स्पाइसजेट विमानको झ्यालको फ्रेम उप्किएको छ। एयरलाइन्सले बुधबार यो जानकारी दिएको हो। घटना भने मंगलबारको हो। एयरलाइन्सले विज्ञप्तिमा भनेको छ- ‘क्यू४०० विमानमध्ये एकको ‘कस्मेटिक’ (भित्री) झ्यालको फ्रेम उडानका क्रममा खुकुलो भयो र उप्कियो।’

एयरलाइन्सका अनुसार विमान पुणे विमानस्थलमा अवतरण गरेपछि फ्रेम मर्मत गरिएको छ। स्पाइसजेटले विज्ञप्तिमा अगाडि भनेको छ- उडानभरि क्याबिनमा दबाब सामान्य रह्यो र यसले यात्रुहरूको सुरक्षामा कुनै असर पारेन।

यसैबीच विमानको योग्यतामा प्रश्न उठाउँदै एक यात्रुले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भाँचिएको झ्यालको भिडिओ पोस्ट गरेका छन्।

हेर्नुहोस्:

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार