बालीमा डुङ्गा पल्टिँदा चार जनाको मृत्यु, दर्जनौं बेपत्ता

२०८२ असार १९, बिहीबार

काठमाडौं : इन्डोनेसियाको पर्यटकीय टापु बालीमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएको इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले जनाएको छ।

एजेन्सीको सुराबाया कार्यालयले बताएअनुसार डुङ्गामा ५३ यात्रु र १२ चालक दलका सदस्य थिए। बुधबार स्थानीय समय अनुसार राति ११:२० बजे जाभा टापुको पूर्वी तटमा रहेको बान्युवांगीबाट बाली जाँदै गर्दा डुङ्गा डुबेको थियो।

बिहीबार बिहान एउटा लाइफबोटमा चार जना यात्रु फेला परेका छन् भने अन्य बाँचेकाहरूको खोजी जारी छ। समाचार एजेन्सी अन्ताराका अनुसार धेरै एम्बुलेन्सहरूलाई आपतकालीन अवस्थाको लागि तयार राखिएको छ।

अधिकारीहरूले डुङ्गा डुबेको बारेमा अनुसन्धान सुरु गरेका छन्। स्थानीय डुङ्गा सञ्चालकले डुङ्गा डुब्नुभन्दा केही समय अघि इन्जिनमा समस्या आएको रिपोर्ट गरेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार