काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अब पार्टी प्रतिपक्षमा बस्ने बताएका छन् ।
संघ र प्रदेशमा सरकारमा रहेको उक्त पार्टीका संरक्षकले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् । ‘अब हामी प्रतिपक्षमा बस्छौँ । जेलबाट हुण्डी खाने सर्वहाराहरु सामाजिक संजालमा कराउँदैछन्’, उनले भने । बिहीबार नै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्तीमा परेका थिए ।
चौधरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई पदमुक्त गरेका हुन्।





