स्पेन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

२०८२ असार २०, शुक्रबार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन लामो स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

युएनको फाइनान्सिङ फर डेभलपमेण्टको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन् । उनी यही असार १४ गते साँझ स्पेन गएका थिए । स्पेन बसाईको क्रममा उनले महत्वपूर्ण भेटवार्तासमेत गरेका थिए । मेड्रिड शहरमा रहेको रियल मड्रिड क्लबको स्टेडियम सान्टियागो बर्नबाउको पनि अवलोक गरेका थिए ।

अन्तिम दिन उनी स्पेनमा रहेको नेपाली दूतावासमा सरिक भएर स्वदेश फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार