काठमाडौं : नेपाल एसीसी यू-१६ इस्ट जोन कपको उपाधिका लागि आज सिंगापुरसँग खेल्दै छ ।
नेपाल र सिंगापुरबीचको फाइनल खेल मलेसियाको यूकेएम वाइएसडी ओभलमा विहान पौने ८ बजेदेखि सुरु हुनेछ । नेपाल हालसम्म यस प्रतियोगितामा अपराजित छ । सिंगापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिंगापुरले पनि सबै खेलहरू जितेको छ ।
नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई हराएको थियो भने सिंगापुरले अर्को समूहको विजेता टोली हङकङलाई हराएको थियो । आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ ।





