चीनद्वारा नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण

२०८२ असार २१, शनिबार

बेइजिङ : चीनले दक्षिण पश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा नयाँ उपग्रहको परीक्षण गरेको छ । शियान–२८ बी ०१ उपग्रह शुक्रबार साँझ ५ः ३५ बजे (बेइजिङ समय) लङ मार्च–४ सी वाहक रकेटबाट प्रक्षेपण गरिएको थियो ।

सो उपग्रह पूर्व निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको छ । उपग्रह मुख्यतया अन्तरिक्ष वातावरण अन्वेषण र सम्बन्धित प्रविधि परीक्षणहरूको लागि प्रयोग गरिनेछ । यो लङ मार्च वाहक रकेट शृङ्खलाको ५८३ औँ उडान मिसन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार