आन्दोलनबाटै व्यवस्था परिवर्तन गर्छौ : राजेन्द्र लिङ्देन

२०८२ असार २१, शनिबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक व्यवस्था परिवर्तन गर्न आन्दोलन आवश्यक रहेको बताएका छन्। विराटनगरमा शनिवार आयोजित पार्टीको नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले सडक सङ्घर्षबाट व्यवस्था परिवर्तन हुने दाबी गरे ।

उनले भने, ‘गणतन्त्र आन्दोलनबाट आएको हो, राजसंस्था पुनर्स्थापना पनि आन्दोलनबाटै सम्भव छ ।’ लिङ्देनले नेपाली कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूले देशलाई बन्धक बनाएको आरोप लगाए । उनले बिचौलिया, नेता, कर्मचारी र न्याय क्षेत्रको ‘अघोषित गठबन्धन’ ले देशलाई सङ्कटतर्फ धकेलेको बताए ।

‘बिचौलियाले योजना बनाउँछन्, नेताले कर्मचारीमार्फत कार्यान्वयन गर्छन्, कर्मचारीले व्यवस्था मिलाउँछन् र न्यायालयले त्यसलाई वैधता दिन्छ,’ उनले भने । उनले यो चक्र तोड्न राप्रपाले आन्दोलनको बाटो रोजेको उल्लेख गर्दै निर्णायक आन्दोलनका लागि सङ्गठन विस्तारमा जुट्न कार्यकर्तालाई निर्देशन दिए । उनले गाउँ-गाउँमा सङ्गठन बलियो बनाउन जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार