शिक्षा अधिकारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ असार २६, बिहीबार

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा अधिकारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। बिहीबार आयोगले जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसहित ९ जना उपर गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो।

उनीहरूमाथि दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ मा रहेको श्री जनता उच्च माध्यमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालय, खोटाङबाट विभिन्न विषयमा प्राप्त अनुदान रकम हिनामिना गरेको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार