निपाह भाइरसका कारण करेलामा १८ वर्षीय पुरुषको मृत्यु

२०८२ असार ३०, सोमबार

नयाँ दिल्ली : भारतको केरलामा एक पटक फेरि निपाह भाइरसको आतंक फैलाएको छ । हालै मलप्पुरम जिल्लामा यस भाइरसबाट १८ वर्षीय एक जना युवकको मृत्यु भएको छ । राज्यमा ४६ जना नयाँ संक्रमित फेला परेका छन् । यो घातक भाइरसले स्वास्थ्य अधिकारीहरूलाई उच्च सतर्कताको अवस्थामा ल्याइ पुर्‍याएको छ । यो भाइरस घातक छ । यसलाई रोक्ने कुनै विशेष औषधि वा खोप बनेको छैन ।

के हो निपाह भाइरस ?

निपाह भाइरस जुनोटिक भाइरस हो । अर्थात् यो भाइरस जनावरबाट मानिसमा सर्छ । यो भाइरस मुख्यतया फ्रुट ब्याट (यसलाई उड्ने स्याल पनि भनिन्छ)बाट सर्छ । यो सुँगुरमार्फत मानिसमा फैलिन्छ ।

पहिलो पटक यो भाइरस सन् १९९८ मा मलेसियामा पत्ता लागेको थियो । त्यसवेलादेखि बंगलादेश, भारत र सिंगापुरमा यसको प्रकोप देखिएको छ ।

केरलामा २०१८ देखि निपाह भाइरसको सात प्रकोप देखिएको छ । निपाह भाइरसको मृत्युदर धेरै उच्च छ । यसका संक्रमितको मृत्यु दर ४० देखि ७५ प्रतिशत पाइएको छ । यो भाइरसमा मानिसबाट मानिसमा सर्न सक्ने भएकोले पनि यो झनै खतरनाक बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार