काठमाडौँ : नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ ।
अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय समिति गठन गरेको हो । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन भएको एक मन्त्रीले जानकारी दिए । उक्त समितिमा बिमा विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री रहेका छन् ।
छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका छन् । बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ मा अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।





