मधेस सरकार सञ्चालनमा सीके राउतको सर्वसत्तावादी कार्यशैली हावी भयो : पूर्ण बस्नेत

२०८२ असार ३२, बुधबार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मधेस प्रदेश सरकार सञ्चालनमा सीके राउतको सर्वसत्तावादी कार्यशैली हावी भएको आरोप लगाएका छन् ।

विपक्षी दलका ३५ सांसदले संसद बहिष्कार गरेको विषयलाई नजरअन्दाज गरी विनियोजन विधेयकमाथि छलफल चलाई बजेट पारित गर्ने कार्यप्रति टिप्पणी गर्दै उनले सरकार सञ्चालनमा सीके राउतको निरङ्कुश र सर्वसत्तावादी कार्यशैली हावी भएको टिप्पणी गरेका हुन् । आय–व्यय अनुमान समेटिएको रेडबुक नै फरक पारेको विपक्षीको गम्भीर आरोपका बाबजुद जनमत नेतृत्वको सरकार निरङ्कुश शैलीमा अगाडि बढेकोमा उनले विरोध जनाए ।

अर्को फरक प्रसङ्ग जोड्दै जनमतका निलम्बित उपाध्यक्ष दीपक साहमाथि भएको कालो मोसो छ्याप्ने कार्यको सार्वजनिक रुपमा प्रशंसा गर्दै सीके राउत आफै उक्त घटनाको अनुसन्धान प्रहरीे, आफै प्रत्यक्षदर्शी र आफैले फेसबुकबाटै फैसलासमेत सुनाएको बस्नेतको आरोप छ ।

उनले भने, ‘राउतले दण्डहिनतालाई प्रश्रय दिने कामको नेतृत्व गरेका छन् । उनी अलोकतान्त्रिक बन्दै गएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार