चट्याङ लागेर २० जनाको मृत्यु

२०८२ श्रावण १, बिहीबार

काठमाडौँ : भारतको बिहारको नालन्दा जिल्लाका धेरै तल्लो तटीय क्षेत्रहरूमा बाढीको अवस्था छ । झारखण्डमा वर्षाका कारण बाढी आएपछि फाल्गु नदीमा पानीको सतह निरन्तर बढिरहेको छ ।

बुधबार राज्यका विभिन्न जिल्लाहरूमा चट्याङ लागेर २० जनाको मृत्यु भएको खबर आएको छ । तर यस सिजनमा अहिलेसम्म औसतभन्दा ४६ प्रतिशत कम वर्षा भएको छ ।

जुन २० देखि भारी वर्षाका कारण हिमाचल प्रदेशमा १०६ जनाको मृत्यु भएको छ । साथै, मुसलधारे वर्षा र बादल फुट्ने जस्ता घटनाहरूले ८१८ करोड रुपैयाँको सरकारी र निजी सम्पत्तिमा क्षति पुर्याएको बताइएको छ । दिल्ली–एनसीआरमा पछिल्लो एक हप्तादेखि भारी वर्षा जारी छ । पछिल्लो तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार