अत्यधिक वर्षाको पूर्वानुमान, सतर्कता अपनाउन सिन्धुली प्रशासनको अपील

२०८२ श्रावण ३, शनिबार

काठमाडौँ : आगामी केही दिन अत्याधिक वर्षा हुने पूर्वानुमान रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार आज रातिदेखि साउन ५ गते सोमबारसम्म भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

यस अवस्थामा सुनकोशी नदी लगायतका नदीहरूमा पानीको बहाव अत्यधिक हुन सक्ने भएकाले नदी किनार तथा आसपासका क्षेत्रहरूमा बाढी तथा डुवानको जोखिम रहन सक्ने प्रशासनले जनाएको छ।

प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनार क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहन र उच्च सतर्कता अपनाउन सुझाव दिएको छ। साथै, बिपी राजमार्ग तथा मध्यपहाडी लोकमार्गमा यात्रा गर्दा पनि विशेष सावधानी अपनाउन तथा ट्राफिक प्रहरी र सुरक्षाकर्मीको निर्देशन पालना गर्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार