काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख ९३ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार २ सय ८० रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर २ हजार २ सय ८५ रूपैयाँ कायम भएको छ ।





