आफैंले पालेको गोरुले हानेर ६७ वर्षीय पुरुषको मृत्यु

२०८२ श्रावण ४, आईतवार

बर्दिया : आफैंले पालेको गोरुले हानेर बर्दियामा एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–५ शाहीपुरका ६७ वर्षीय खलक बहादुर थारुको आइतबार मृत्यु भएको हो । छुटेको गोरुलाई बाध्न गएका बेला हानेर वृद्धको मृत्यु भएको ठाकुरबाबा नगरपालिका–५ का वडा अध्यक्ष शम्भु प्रसाद थारुले बताए ।

‘गोरु बाँध्य डोरी लिएर जानु भएको रहेछ,’ वडाध्यक्ष थारुले भने, ‘घर देखि टाढा र एकान्त भएकोले गोरुले हान्दा कसैले देखेन, घटना स्थलमै उहाँको मृत्यु भएको रहेछ, म पनि घटना स्थलमै छु । मुचुल्का उठाउने काम भइरहेको,’ अध्यक्ष थारुले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार