बढ्यो अण्डाको मूल्य

२०८२ श्रावण ५, सोमबार

काठमाडौं : अण्डाको मूल्य बढाइएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँले बढाएको छ ।

संघले साउन ६ गतेदेखि लागु हुनेगरी प्रतिक्रेट ३० रुपैयाँ बढाएर ठूलो अण्डाको मूल्य बढाएर ५२५ रुपैयाँ पुर्‍याएको हो । यसअघि गत असार २० गते ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४९५ रुपैयाँ पुर्‍याएको थियो । मिडियम अण्डाको मूल्य पनि संघले प्रतिक्रेट ३० रुपैयाँ बढाएर प्रतिक्रेट ४९५ रुपैयाँ पुर्‍याइएको छ । यसअघि मिडियम अण्डाको मूल्य ४६५ रुपैयाँ रहेको संघका महासचिव मदन पोखरेलले जानकारी दिए ।

चितवनबाट लोड भई देशैभरीको अण्डा बिक्री डिपोमा पुर्‍याउँदा लाग्ने भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप लाग्नेछ । यो सबै खर्च समायोजन गरी बजारमा पाउँदै आएको अण्डाको मूल्य निर्धारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार