आज पनि सुनको मूल्यमा भारी वृद्धि

२०८२ श्रावण ७, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य २१ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज २ हजार १ सय रूपैयाँले बढेर १ लाख ९७ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय २० रूपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर २ हजार ३ सय ५० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार