संविधान संशोधनका लागि सहमति आवश्यक : सिटौला

२०८२ श्रावण ११, आईतवार

काठमाडौँ : नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा देखिएका कमी कमजोरीको समीक्षा गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

सञ्चारकर्मीसँगको अन्तरक्रियामा नेता सिटौलाले संविधानको दीगोपनाका लागि समय सापेक्ष संशोधन हुनुपर्ने उल्लेख गर्दै दुवै सदनमा सरकारको दुई तिहाइ बहुमत नभएकाले सहमति जुटाएर संशोधन गर्न सकिने धारणा व्यक्त गरे । संविधान संशोधनका लागि सरकारले संयोजन गर्नुपर्ने र सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनले सुझाए । फरक प्रसङ्गमा नेता सिटौलाले कांग्रेसले १५औँ महाधिवेशन २०८३ को मङ्सिरसम्म हुने बताए ।

उनले भने, “पार्टीको चारवर्षे कार्यकाल आगामी मङ्सिरमा सकिने भए पनि एक वर्ष थप्न सकिने विधानको प्रावधान छ । कांग्रेसको महाधिवेशन प्रायः चार वर्षमा कहिल्यै भएको छैन ।” पार्टीको क्रियाशील सदस्यताको टुङ्गो नलागेको अवस्थामा यस वर्ष महाधिवेशन हुन सम्भव नरहेको उनको भनाइ थियो ।

वर्तमान सरकारले एक वर्षको अवधिमा जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्दै नेता सिटौलाले सत्तागठबन्धन र सरकार भने निरन्तर जाने तथा पूरै कार्यकाल रहने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार