प्रधानमन्त्री ओलीको विदेश भ्रमण स्वीकृत

२०८२ श्रावण १३, मंगलवार

काठमाडौं : मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत गरेको छ।

भूपरिवेष्ठिक विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा भाग लिन उनी १८ साउनमा विदेश भ्रमणमा जान लागेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो।

प्रधानमन्त्री ओली नेतृत्वको टोली १८ साउनमा गएर २३ साउनमा फर्कनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार