काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर १ लाख ९३ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार २ सय ९५ रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर २ हजार ३ सय रूपैयाँ कायम भएको छ ।









