माधव नेपालको पार्टी कार्यालयमा समाजवादी मोर्चाको बैठक जारी

२०८२ श्रावण १३, मंगलवार

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी रहेको छ । समसामयिक राजनीति, मोर्चालाई थप प्रभावकारी बनाउने, भावी नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफलका लागि बैठक बसेको हो ।

बैठकमा मोर्चाका संयोजकसमेत रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार