पतञ्जली जग्गा प्रकरण : पूर्वमन्त्री पन्तसँग ५ लाख धरौटी माग

२०८२ श्रावण १३, मंगलवार

काठमाडौं : विशेष अदालतले पतञ्जली जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री छविराज पन्तसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

विशेष अदालतका सदस्यहरू तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तत्कालीन सचिव समेत रहेका पन्तसँग पाँच लाख रुपैयाँ मागेको हो । पन्तले हदबन्दी भन्दा बढीको जग्गा सट्टापट्टा र बिक्रीको अनुमतिका लागि पतञ्जली योगपीठले पेश गरेको निवेदन सहितको फाइल मन्त्रिपरिषद्‌मा लैजान प्रस्ताव अघि बढाएका थिए ।

तत्कालीन समयमा पन्त भूमिसुधार सचिव थिए । पछि उनी खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी सरकारमा मन्त्री भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार