विभिन्न स्थानमा पाँच जनाको शव फेला

२०८२ श्रावण १४, बुधबार

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा पाँच जनाको शव फेला परेको छ। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१३ स्थित निमार्णाधीन घरको मेन ढोका अगाडि सोही ठाउँ बस्ने खोटाङ घर भएका ५० वर्षीय राजकुमार राई बुधबार मृत फेला परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका-१३ स्थित मोहना नदीमा पहिचान नखुलेका अन्दाजी ९ वर्षीय बालक मंगलबार मृत अवस्थामा फेला परेका छन्। यसैगरी कैलाली, चुरे गाउँपालिका-४ राताखालीस्थित शिवगङ्गा खोलाको बगरमा गौरीगंगा नगरपालिका-६ बनवेहडा बस्ने ३१ वर्षीय टेक रोकाया मंगलबार मृत फेला परेका छन्।

काभ्रेको रोशी गाउँपालिका-२ देवीथान बस्ने ३६ वर्षीय सार्कीमान भन्ने बुद्ध लामा सोही ठाउँस्थित गोरेटो बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन्। कपिलवस्तुको वाणगंगा नगरपालिका-२ नन्दनगरस्थित सडकमा सोही नगरपालिका-३ धनकौली बस्ने ६५ वर्षीय गोरख नाथ यादव बुधबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवस्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार