भ्रष्टाचार नियन्त्रण गर्न कडा कदम चाल्न नसके मुलुक कालोसूचीमा पर्छ : सांसद शर्मा

२०८२ श्रावण १४, बुधबार

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कडा कदम चाल्न नसके मुलुक कालोसूचीमा पर्ने बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा सांसद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको टिप्पणी गर्दै मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको बताए ।

सांसद शर्माले भने– ‘अहिले राष्ट्रको मुख्य समस्या भ्रष्टाचार बनेको छ । भ्रष्टाचारको मुख्य दोषी सरकार नै हुन्छ । सरकार र भ्रष्टाचार अहिले पर्यायवाची बनेका छन् । सरकारले समस्या अन्यत्र होइन आफैँभित्र खोज्न सक्नुपर्छ ।’

भ्रष्टाचार रोक्न सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाउँदै सांसद शर्माले यसलाई समयमै रोक्न नसक्ने हो भने देश ग्रे लिस्टमा निस्किने होइन कि सिधै ब्ल्याक लिस्टमा जाने अवस्था आउन सक्ने बताए । भ्रष्टाचार कम गर्न विशेष कदम चाल्न र सम्पत्ति छानबिन गर्न प्रक्रिया अगाडि बढाउन उनले सरकारसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार