सांसदहरुमा पनि छुवाछुत कायम छ : सांसद आलेमगर

२०८२ श्रावण १४, बुधबार

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले सांसदहरूबिचमा छुवाछुत कायम रहेको बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले धेरै मानिसहरू जातीय छुवाछुत गरेर पनि कारबाहीको दायरामा नआएको बताए ।

उनले नेपालको संरचनागत बनावटका कारण पनि छुवाछुत जस्तो सामाजिक अपराध गर्नेहरू कानुनको दायरामा आउन नसकेको बताए । सामाजिक अपराध भनेको जघन्य अपराध भएको उल्लेख गर्दै करोडपति र दलितका विरुद्ध पनि छुवाछुत कायम रहेको र सांसदहरूमा दलित थाहा पाएपछि धेरै भेदभाव हुने गरेको बताए ।

उनले भने, ‘धेरै मानिसहरू जातीय छुवाछुत गरेर पनि दण्डित भएका छैनन् । यद्यपि कानुनले वर्जित गरेको छ । तर न्यायाधीशको बनावट, संरचनागत बनावट आदि कुराहरूले पनि जातीय छुवाछुत गर्ने मानिसहरू दण्डित भएका छैनन् । यस्तो अपराधमा दण्डित भएको व्यक्ति नहोस् भनेको न हो । सामाजिक अपराध भनेको जघन्य अपराध हो । करोडपति र दलितका विरुद्ध पनि छुवाछुत भएकै छ, सांसदका विरुद्ध पनि छुवाछुत भएकै छ । हाम्रो यहाँ सांसदहरू दलित हो भन्ने आधारमा दलित थाहा पाएपछि धेरै भेदभाव छ । यस्तोमा गम्भीर नभएर हुन्छ ।’

समितिको बैठकमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले समाज परिवर्तनमा सबैले भूमिका खेल्नुपर्ने बताए । उनले छुवाछुतमुक्त समाज बनाउन आफूहरू सबै लागेको उल्लेख गर्नुभयो । अझै पनि छुवाछुतको भावना राख्ने मानिसहरू समाजमा रहेको बताए ।

मन्त्री पन्तले भने,‘हामी सबै समाज परिवर्तन गर्न लागेका मानिसहरू छौँ । छुवाछुतमुक्त समाज बनाउन लागेका मानिस छौँ । तर हाम्रो समाजको यथार्थता के हो भने अझै पनि छुवाछुतको भावना राख्ने मानिसहरू छन् । हामीले कानुन बनाउँदा अपराधहरूलाई पनि क्वालिफाइ गरेका हुन्छौँ । कुन अपराध कुन श्रेणीको हो । नैतिक पतन देखिने भनेको जघन्य अपराध हुन्छन् । सबै अपराध समान श्रेणीका हुँदैनन् ।’

समितिको बैठकमा बुधवार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार