सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री

२०८२ श्रावण १५, बिहीबार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस्’ भनी साउन १५ को शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ । शुभ साउन १५ ! सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् !’

हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् । पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको पनि उनले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार