काठमाडौं : गुण्डागर्दीमा संलग्न ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ परेका छन् ।
उनलाई बुधबार राति ठमेल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका एसपी कुलदीप चन्दले ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेकाले गुरुङलाई पक्राउ गरिएको जानकारी दिए ।
उनी यसअघि पनि कुटपिट आरोपमा पटक पटक पक्राउ परेका थिए । उनलाई हाल प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान भइरहेको छ ।









