पर्वतारोहणका क्रममा ओलम्पिक च्याम्पियन लौरा डालमायरको मृत्यु

२०८२ श्रावण १५, बिहीबार

काठमाडौं : दुई पटककी ओलम्पिक च्याम्पियन लौरा डालमायरको पाकिस्तानमा पर्वतारोहण अभियानको क्रममा दुर्घटनामा मृत्यु भयो। सोमबार काराकोरम हिमश्रृंखलामा आरोहण अभियानको क्रममा जर्मन निवासी लौरा डालमायर ढुङ्गामुनि फसेकी थिइन्। काराकोरम हिमश्रृंखलामा विश्वको दोस्रो अग्लि हिमाल के-२ सहित ८ हजार मिटरभन्दा अग्ला ४ हिमाल अवस्थित छन् ।

लगभग १८,७०० फिटको उचाइमा भएको दुर्घटनापछि उनकी पर्वतारोहण साथी मारिना इभाले आपतकालीन सेवाहरूलाई जानकारी गराएकी थिइन्। यसपछि, जर्मनी र अमेरिकाका विशेषज्ञ पर्वतारोहीहरू सम्मिलित उद्धार टोलीले तुरुन्तै उद्धार कार्य सुरु गर्यो, तर प्रतिकूल मौसमका कारण उनीहरूको खोजीमा बाधा पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार