खैरो हेरोइनसहित र नगदसहित काठमाडौंबाट एक युवक पक्राउ

२०८२ श्रावण १५, बिहीबार

काठमाडौं : काठमाडौंको सामाखुसीबाट खैरो हेरोइनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। बुधबार अपराह्न काठमाडौं-२६ टाउनप्लानिङमा रहेको एक घरबाट १०९ ग्राम खैरो हेरोइनसहित प्रहरीले झापाको मेची नगरपालिका-१० का शंकर राजवंशीलाई पक्राउ गरेको हो।

लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक शरणबिक्रम शाह नेतृत्वको ६ जनाको टोलीले उनलाई पक्राउ गरेको हो। उनको कोठाको सिरानी मुनी प्लास्टिकसहित ११३.६८ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

उनको कोठाबाट प्रहरीले एउटा डिजिटल तराजु, ९ वटा मोबाइल र ८२ हजार ६३५ रुपैयाँ नगद र ६ हजार भारतीय नगद बरामद गरेको छ। लागूऔषध नियन्त्रण ऐन अनुसार १०० ग्राम भन्दा बढी जतिसुकै परिणामको कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैद सम्मको सजाय हुनसक्ने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार