६ करोड अपचलनको आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष पक्राउ

२०८२ श्रावण १५, बिहीबार

काठमाडौँ : बचतकर्ताको करोडौं रकम अपचलनको आरोपमा प्रहरीले रुपन्देहीको सिद्धार्थनगरमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक केसीलाई नियन्त्रणमा लिएको छ ।

करिब १५ महिनादेखि सम्पर्कविहीन अवस्थामा रहेका केसीलाई प्रहरीले भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो । ३४ वर्षीय उनी २०८१ वैशाख देखी फरार थिए ।रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कमा नआएका उनीमाथि बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार हिनामिना गरेको आरोप छ । केसी दोलखाको मेलुङ गाउँपालिकाबासी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार