सहकारी ठगी प्रकरणमा एमाले नेता सिलवाल पक्राउ

२०८२ श्रावण १५, बिहीबार

काठमाडौं : मार्गदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा कलेज सञ्चालक रामहरि सिलवाल पक्राउ परेका छन् ।

रुपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट करिब ६ करोड रकम हिनामिना गरेको आरोपमा सिलवाल उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । प्रहरीले मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाकै अध्यक्ष अशोक केसीलाई पनि यसअघि नै नियन्त्रणमा लिएको थियो ।

एमालेको राजनीतिमा समेत संलग्न सिलवाल यसअघि एमाले चितवन काठमाडौं सम्पर्क मन्चको अध्यक्ष थिए । उनी हिसानका उपाध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार