क्यानले एनपीएलबाट कमायो २७ करोड ६९ लाख

२०८२ श्रावण १६, शुक्रबार

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)बाट २७ करोड ६९ लाख बढी आम्दानी गरेको छ ।

बिहीबार मूलपानीमा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणबाट प्राप्त आय–व्ययको विवरणको सार्वजनिक गरेको हो । जसमा एनपीएलको पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रूपैयाँ रहेको छ ।

कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रूपैयाँ रहेको प्रतियोगिताबाट क्यानले ७ करोड ५३ लाख ९१ हजार २५९ रूपैयाँ मुनाफा आर्जन गरेको छ । प्राप्त नाफामध्ये ८ वटा फ्रेन्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ । जसअनुसार टोलीहरूले कूल ४ करोड ३७ लाख ४० हजार ४७० रूपैयाँ प्राप्त गरेका छन् ।

राजस्व बाँडफाँडपछिको क्यानको शुद्ध नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रूपैयाँ रहेको क्यानद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार