पार्टी एकढिक्का बनाउन सके कांग्रेसको बहुमत आउँछ : देउवा

२०८२ श्रावण १६, शुक्रबार

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का भएर अघि बढाउन सके आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्ने बताएका छन्।

कांग्रेस थारु बिभागले शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले अहिलेको निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको बहुमत आउन कठिन रहे पनि पार्टीलाई एकढिक्का भएर अघि बढाउन सके आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्ने बताएका हुन्।

उनले संविधानमा उल्लेख समावेशी र समानुपातीक व्यवस्थालाई थप बलियो बनाउदै राज्यका हरेक निकायमा प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेस प्रतिवद्ध रहेको उल्लेख गरे।

मुलुक संघीय व्यवस्थामा गइसकेपछि कांग्रेसले थारु समूदायको प्रतिनिधित्व हुने गरि लुम्विनी प्रदेशमा डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार