कसैले माग्दैमा खुरुक्क राजीनामा दिन्नँ : झलनाथ खनाल

२०८२ श्रावण १७, शनिबार

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कसैले आफ्नो राजीनामा माग्दैमा आफू खुरुक्क राजीनामा दिएर नहिँड्ने बताएका छन् ।

शनिबार काठमाडौँमा पत्रकार भेटघाट गर्दै नेता खनालले आफूले पार्टी छोड्ने कुरा कल्पना समेत  नगरेको बताए । ‘विद्रोह गरेर बनाएको पार्टीलाई वैचारिक र सैद्धान्तिक रूपले सुदृढ गर्नुपर्नेछ । यसलाई त रूपान्तरित गर्नुपर्ने छ । यो पार्टीबाट भाग्ने, राजीनामा दिएर हिँड्ने त म कल्पना नै गर्दिन’, खनालले भने, ‘मलाई कसैले राजीनामा दे भन्दैमा म खुरुक्क राजीनामा दिएर हिँड्दिनँ ।’

नेता खनालले पार्टी अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै कसैलाई यो पार्टी चाहिएको छैन भने आफै हिँड्न सक्ने समेत बताए । ‘पार्टी सञ्चालन गर्न सक्ने क्षमता छैन, पार्टीमा बसेर काम गर्न सक्ने क्षमता छैन भने त्यस्ता मान्छे आफै बाटो लागे हुन्छ तर झलनाथ खनालले त्यस्तो काम जान्दैन’, खनालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार