नगरप्रमुख तीर्थराज भट्टराईले तोडे अनसन

२०८२ श्रावण १८, आईतवार

काठमाडौं : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले अनसन तोडेका छन्।

माइतीघर मण्डलामा अनसनरत मेयर भट्टराईलाई स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आइतबार जुस खुवाएर अनसन तोडाएका हुन्।

मेयर भट्टराई जैविक विविधता र रैथाने संस्कृतिको संरक्षणका लागि आवश्यक नीति निर्माणको लागि पहलकदमी गर्न, बाँसको प्रवर्द्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्य गर्न, गिटी क्रसर उद्योगहरू मापदण्डअनुसार सञ्चालन गर्न, खोटाङलाई बाँसको राजधानी घोषणा गर्न, निर्माण व्यवसायीलाई एउटा काम नसकी अर्को निर्माण कार्य गर्न नदिने व्यवस्था मिलाउन तथा बाँदर तथा अन्य जङ्गली जनावर नियन्त्रणको लागि नीति बनाउन भन्ने लगायतका मागहरु राखी यही साउन ११ गतेदेखि माइतीघरमा अनसन बसेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार