माओवादीले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने

२०८२ श्रावण १९, सोमबार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ। एकता प्रक्रियालाई अघि बढाउन चाँडै वार्ता टोली गठन गरिने भएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले उक्त जानकारी दिएका हुन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता सापकोटाले भने, ‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय भएको छ। एकताका लागि छिट्टै वार्ता समिति पनि बनाउँछौं।’

माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पनि एकताका लागि छलफल जारी राखेको जनाएको छ। यद्यपि, एकीकृत समाजवादीसँगको छलफल निष्कर्षमा पुगिनसकेको सापकोटाले स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार