कल्याणपुरका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८२ श्रावण २३, शुक्रबार

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख राम पुकार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज विशेष अदालतमा साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले साहलाई एक लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिइएको थियो। नगरपालिकाको वडा नं.६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रमका सेवाग्राहीसँग मेयर साहले बिचौलियामार्फत घुस/रिसवत लिएको अख्तियारको दाबी छ ।

साह तेलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय मागदाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार