भारतसँग थप दुई सय मेगावाट विद्युत् निर्यात सहमति

२०८२ श्रावण २७, मंगलवार

काठमाडौँ : भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादन भएको थप दुई सय मेगावाट विद्युत् खरिदका लागि सहमति दिएको छ।

यसअघि अनुमति प्राप्त ८१०.९ मेगावाट र थपिएको २०० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको छ भने बंगलादेश निर्यातको ४० मेगावाटसहित नेपालको कुल निर्यात स्वीकृति १०५०.९ मेगावाट पुगेको छ।

पछिल्लो पटक हिजो साउन २६ गते भारत सरकारबाट प्राप्त स्वीकृति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबरसम्मको लागि हो। यसअन्तर्गत लिखु-२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादन भएको विद्युत् पर्छ।

आर्थिक वर्ष २०८१/८२ मा १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भएको थियो। भारत सरकारबाट प्राप्त भएको थप निर्यात अनुमति र आगामी दिनमा थप प्राप्त हुने स्वीकृतिले यस वर्षमा निर्यात दोब्बर हुने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार