उपचारका क्रममा कैदीको मृत्यु

२०८२ श्रावण २७, मंगलवार

काठमाडौं : पर्सामा एक कैदीको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भइ २५ वर्ष सजाय तोकिएका २८ वर्षीय राहुल साहको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनी मंगलबार बिहान एक्कासी बेहोस भएका थिए। एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका उनलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा साहको ज्यान गएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार