बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

२०८२ श्रावण २७, मंगलवार

काठमाडौं : कैलालीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका- १ चौराहास्थित सडकमा सु प प्र ०१-००१ ख ३५८३ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका- ६ नारायणपुर बस्ने ४५ वर्षीय अटुवारी चौधरीको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।​

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार