आफैँ सवार गाडीले किचेर युवकको मृत्यु

२०८२ श्रावण २८, बुधबार

काठमाडौँ : भक्तपुरको भक्तपुर नगरपालिका-९ स्थित सडकमा भएको दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।

ब्रम्हायणीबाट सुडालतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ६६८४ नम्बरको निशान गाडीले किचेर गाडीमा सवार सोही नगरपालिका-९ च्यामासिंह बस्ने सिन्धुपाल्चोक ब्राहबिसे नगरपालिका-८ सुगुरे घर भएका ३४ वर्षीय सुनिल कार्कीको मंगलबार दिउँसो मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार