पहिरोले रिडी–तम्घास सडक अवरुद्ध

२०८२ श्रावण २९, बिहीबार

गुल्मी  : मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास खण्डमा पहिरो खस्दा यो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रुरुक्षेत्र गाउँपालिका –३ स्थित बाख्रे भीरमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार पहिरो पन्छाउने प्रयास जारी छ । निरन्तरको वर्षाले काममा अवरोध भएको छ । वर्षा रोकिनासाथ अवरोध हटाएर यातायातका साधनलाई सञ्चालनको अनुमति दिइने छ ।

यो सडक नखुलेसम्म पानीट्याङकी–थोर्गा–सालबिसौन वैकल्पिक सडक प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार