पथरी बजारमा मिनि ट्रकको ठक्करबाट महिलाको मृत्य

२०८२ श्रावण ३०, शुक्रबार

मोरङ : पथरी बजारमा शुक्रबार साँझ करिब ७:३० बजे नम्बर नखुलेको मिनि ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गस्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भएको उक्त दुर्घटनामा परि उपचारका लागी लैजाने क्रममा ती महिलाको मृत्यु भएको हो ।

मृत्यु हुने महिलाको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए । स्थानीयका अनुसार मृतक महिला करिब ४० वर्षकी थिइन् र उनी बेवारिसे अवस्थामा बजार वरपर घुमफिर गर्ने गर्थिन्।

प्रहरीले जनाएअनुसार ठक्कर दिने मिनि ट्रकको नम्बर खुल्न नसकेको र ट्रक घटनापछि फरार भएको छ। दुर्घटना गराई फरार भएको ट्रक र चालकको खोजी तीव्र पार्दै विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार