सप्तरीमा जंगली जनावरलाई थापेको विद्युतीय धरापमा परेर पतिपत्नीकै मृत्यु

२०८२ भाद्र १, आईतवार

सप्तरी : सप्तरीमा जंगली जनावरबाट धानबाली जोगाउँन थापेको विद्युतीय धरापमा परेर पतिपत्नीकै मृत्यु भएको छ। गएराति करेन्ट लागेर कञ्चनरुप नगरपालिका-५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी पत्नी ४५ वर्षीया विमलादेवी सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार शनिबार राति साढे ८ बजेतिर खेतको काम सकेर घर फर्कने क्रममा पतिपत्नी विद्युतीय धरापमा परेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार