काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पशुपति पौडेल नियुक्त भएका छन्।
साउन ३१ गते बसेको कम्पनीको संचालक समितिको बैठकले पौडेललाई भदौ १ गतेदेखि लागु हुने गरि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। यस अघिका सीइओ विष्णु रेग्मीले स्वास्थ्यको कारण देखाउदै राजीनामा दिएका थिए ।
रेग्मीले राजीनामा दिएपछि कम्पनीले पौडेललाई सीईओमा नियुक्त गरेको हो । बैंक तथा वित्तीय क्षेत्रमा पौडेलको लामो अनुभव रहेको छ ।





