पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

२०८२ भाद्र ३, मंगलवार

काठमाडौं : पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ बालुवाटारस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो । माथिबाट पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार