भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

२०८२ भाद्र ४, बुधबार

फिक्कल : केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गरे ।

सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरका अनुसार यो पुल ४८ दशमलव छ मिटर लामो छ । पुवाखोलामा बेलिब्रिज जडान भएपछि मेची राजमार्गको विकल्पका रुपमा केचना–कञ्चनजङ्घा सडक विकसित भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार