सरकार भूमिसम्बन्धी समस्या समाधान गर्न प्रतिबद्ध : शंकर पोखरेल

२०८२ भाद्र ४, बुधबार

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले भूमिमा देखिएको समस्या समाधानको पहल गरिरहेको बताएका छन्।

आज ललितपुरको च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा भूमि अधिकार तथा श्रमिक सङगठन, नेपालको आयोजनामा “भूमिको समस्या समाधान, आयोग एवं सरोकारवालाको भूमिका” विषयक अन्तरसंवादमा उनले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भूमि समस्या समाधान गर्ने काम गरिरहेको बताए । “भूमिसम्बन्धी समस्या अहिले राखेर पछि गरौँला भन्ने पक्षमा सरकार छैन । पछि पनि भूमिको समस्या भइरहन्छ”, उनले भने, “त्यसैले सरकार जतिसक्दो भूमि समस्या समाधान गर्न खोजिरहेको छ ।”

महासचिव पोखरेलले एमाले पार्टीले भूमिमा देखिएका समस्या समाधान गर्ने कुरामा पूर्ण सहयोग रहेको बताए । उनले भूमिहीन उपेक्षित वर्गलाई अधिकार दिन कुनै राजनीतिक दलले हिचकिचाउन नहुने बताए । उनले भूमि सुकुम्वासीलाई भूमिको अधिकार राज्यले प्रदान गर्नुपर्नेमा जोड दिए । महासचिव पोखरेलले भूमि आयोगलाई काम गर्ने वातावरण बनाइदिएर अहिले भूमिको समस्या समाधान गर्न आग्रह गरे । “अहिले सबैभन्दा उपयुक्त समय रहेको छ ।

भूमि आयोगलाई काम गर्ने सक्ने बनाउने जिम्मेवारी राजनीतिक दलको हो” उनले भने । कार्यक्रममा श्रमिक सङ्गठनका इन्चार्ज शान्ता चौधरीले भूमिहीन सुकुम्वासीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। श्रमिक सङगठनका अध्यक्ष इन्द्र तामाङले भूमि आयोगबाट भूमिहीनका समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार