मकवानपुरमा खोलाले बगाउँदा एक युवक बेपत्ता, खोजी कार्य जारी

२०८२ भाद्र ७, शनिबार

मकवानपुर : मकवानपुरगढी गाउँपालिका–२ छापका २५ वर्षीय विनोद बोम्जनलाई शुक्रबार अपराह्न साढे ३ बजे कार्की खोलाले बगाएर बेपत्ता पारेको छ।

स्थानीयवासीका अनुसार खोलामा अचानक पानीको बहाव बढ्दा बोम्जन बगेका हुन्। घटनापछि स्थानीयवासी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल आर्मी र जनप्रतिनिधिहरूको संयुक्त टोलीले खोजतलास थालेको छ।

घटनास्थल आसपास खोलाको बहाव तीव्र भएकाले खोजी कार्यमा चुनौती रहेको बताइएको छ। हालसम्म उनी फेला परेका छैनन् र खोजतलास कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार