काठमाडौं : नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता नरोकिने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भण्डारी सक्रिय हुने विषयमा कसैको अनुमति लिनु नपर्ने पनि बताए । आफैँले निर्माण गरेको पार्टी भएकाले एमालेमा भण्डारीलाई कसैले ‘इन्ट्री’ दिनु नपर्ने उनले जिकिर गरे । भण्डारीको सदस्यताको बारेमा क–कसले के–के भने भन्नेबारे आफूले केही टप्पणी नगर्ने उनले बताए ।
भण्डारीको सदस्यताका बारेमा पार्टीले गरेको निर्णय उल्टने उनले उल्लेख गरे । जनताको अधिकार, समानता, स्वतनत्रता र न्यायका निम्ति स्थापित एमालेभित्र राजनीति गर्न पाईँदैन भन्ने अशोभनीय भएको थापाको भनाइ थियो । थापाले कसैलाई अपमान, तिरस्कार, तेजोबोध गर्ने र लाञ्छना लगाउने कार्य एमालेपंक्तिले गर्न नहुने पनि बताए ।







